कोशी प्रदेशका मुख्यमन्त्रीको प्रस्तावमा आज मत विभाजन
१५ असार, विराटनगर । बिहीबारको बैठकमा विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नफर्किएपछि स्थगित गरिएको कोशी प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुनेछ ।
विहीबार मुख्यमन्त्रीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले सम्बोधनको क्रममा मुख्यमन्त्रीको कार्यशैलीमा पनि प्रश्न उठाएका थिए । नेताहरुको सम्बोधनपछि सभामुख बाबुराम गौतमले मत विभाजन तयारीका लागि ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
Post a Comment